arrow

नुन–तेल विगततिर पदयात्रा सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
noon-tel-book.jpg

काठमाडौं । डा. जीवन क्षेत्रीले लेखेको पुस्तक नुन–तेलः विगततिर पदयात्रा सार्वजनिक भएको छ । शिक्षाविद् प्राडा.केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरे । 

हामी सबैको साझा भविष्य पृथ्विमाथिको चासो र चिन्ताको सेरोफेरोमा लेखिएको पुस्तकमा लेखक क्षेत्रीले आफ्नो चार पुस्ताको कथा नुन–तेल मार्गको यात्रा गर्दै लेखेका छन् ।  

पुस्तकमाथि बोल्दै माथेमाले पुस्तकको लेखन शैली नयाँ किसिमको रहेको भन्दै पाठकलाई कतै आत्मकथा त कतै सामाजिक इतिहास पढेको महसुस गराउने बताए । 

लेखकको पर्यावरणप्रतिको चिन्ता पुस्तकमा प्रतिबिम्बित भएको बताउँदै माथेमाले पुस्तक पढ्न निकै स्वादिलो रहेको उल्लेख गरे ।  

वक्ता हिमा बिष्टले नुन–तेल बसाइँसराइँलाई अतिरन्जना नगरी स्वअनुभवको आधारमा बसाइँसराइँलाई यथार्थमा बुझाउने किताब भएको बताइन् । 

पुस्तकले आफूलाई पनि आफ्नो जीवनको विगतलाई हेर्न झकझक्याएको उल्लेख गरिन् । 

विष्टले थप भनिन्, ‘लेखकले इमान्दार भएर लेख्नुभएको छ ।’ नुन–तेलको यात्रा थुप्रैका लागि आफ्नो पारिवारिक बसाइँसराइँको यात्रा संस्मरण गर्न प्रेरक हुनेछ । 

त्यस्तै केशव बोहराले पुस्तकमा उल्लेखित केही प्रश्नहरु उदृत गर्दै नुन–तेलले पाठकलाई प्रश्न सोध्न प्रेरित गर्ने बताए । 

उनले भने, ‘हामीले हामीभन्दा पिँधमा रहेका बिशेषतः अल्पसंख्यक समुदायलाई कसरी हेर्ने भन्ने दृष्टिकोण पुस्तकमा छ । 

पेशाले चिकित्सक क्षेत्रीको यो पहिलो पुस्तक हो । पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ