- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आजदेखि विवाह, व्रतबन्धलगायत शुभ कर्म गर्न मिल्ने भएको छ । गुरु (बृहस्पति) उदय भएसँगै अब विवाह, व्रतबन्ध गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको छ । एक महिनाअघि अस्त भएको गुरु उदय भई सोमबारदेखि बाल दोष पनि सकिएको छ ।
गुरु अस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ देखि १८ गतेसम्म गुरुको बाल्य दोष रहने भएकाले वैशाख १८ गतेसम्म विवाह, व्रतबन्धलगायत कामना राखेर गरिने शुभ कर्मको साइत नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।
उक्त अवधिमा इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृह प्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन गर्न नहुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको थियो ।
वैशाख १९ गतेदेखि भने यी सबै कर्म गर्न कुनै दोष नरहेको समितिले जनाएको छ ।