arrow

न्यून स्कोरको खेलमा बेंगलोरले मार्‍यो बाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
ipl-rcb-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ । बेंगलोरले सोमबार रातिको खेलमा लखनउ सुपर जाइन्टसलाई पराजित गरेको हो । लखनउमा भएको खेलमा बेंगलोर १८ रनले विजयी भयो । 

पहिले ब्याटिङ गरेको बेंगलोरले ९ विकेट गुमाएर १२६ रन बनायो । कप्तान फाफ दु प्लेसिसले ४४ तथा विराट कोहलीले ३१ रन बनाए ।

त्यस्तै दिनेश कार्तिकले १६ रन बनाए बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गरेनन् । नवीन उल हकले ३ तथा रवि बिस्नोई र अमित मिश्राले २–२ विकेट लिए । 

जवाफमा लखनउले १९.५ ओभरमा अलआउट हुँदै १०८ रनमात्र बनायो । कृष्णप्पा गोथामले २३ तथा अमित मिश्राले १९ रन बनाए । सनसनीपूर्ण जित दिलाउने क्रममा जोश हाज्लेवुड र कर्ण शर्माले २–२ विकेट लिए । 

अंक तालिका 
८ खेलबाट १२ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । राजस्थान रोयल्स,  लखनउ सुपर जाइन्टस, चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सकाृ समान १० अंक छ ।   

मुम्बई इन्डियन्सको ८ अंक छ । कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको ६ अंक छ । पुछारको दिल्ली क्यापिटल्सको ४ अंक छ ।  

आजको खेल
आज बेलुकी ७ः४५ बजे दिल्ली र गुजरात भिड्दै छन् । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ