arrow

नेपालको कठिन परिस्थिति पन्छाएर जित नजिक लैजाँदै गुल्शन झा, शानदार अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
gulshan-jha-cricket.jpg

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न नेपालले ११८ रनको चुनौती लिएर मैदानमा उत्रिएको छ । कठिन परिस्थतिलाई सुधार गर्दै १७ वर्षे खेलाडी गुल्शनकुमार झाले नेपाललाई जित नजिक पुर्याएका छन् । 

उनले आक्रामक खेल प्रदर्शन गर्दै एक दिवसीयमा दोस्रो अर्धशतक पूरा गरेका छन् । गुल्शनले ७५ बलमा ४ छक्का र ३ चौकाको मद्धतले अर्धशतक पूरा गरेका हुन् । 

यसअघि नेपालको इनिङ्स–

नेपालले १ रन जोड्दा पहिलो विकेट गुमायो  । कुशल भुर्तेल ८ बलमा १ रन बनाएर आउट भए । 

नेपालले १९ रन जोड्दा दोस्रो विकेट गुमायो । आशिफ शेख ८ रन बनाएर आउट भए । 

नेपालले ८ ओभरमा २२ रन जोड्दा तेस्रो विकेट गुमायो । कप्तान रोहित पौडेल ९ बलमा १ रन बनाएर आउट भए । 

नेपालले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जारी फाइनलमा यूएईलाई ११७ रनमा रोकेपछि ११८ रनको चुनौती पाएको हो । 

हिजो हुनुपर्ने खेल वर्षाले पूरा नभएपछि आज हिजोकै अवस्थाबाट खेलिएको हो । यूएईले आज २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट अगाडि खेलेकामा दशौँ विकेटका लागि ११ रनको साझेदारी गर्दै सबै विकेट गुमाएर ३३.१ ओभरमा ११७ रन बनाएको हो । 

आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए ।  नेपालका लागि ललित राजवंशीले ४ तथा सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए । 

मौसम खासै राम्रो नभए पनि खेल चलिरहेको छ । 

एसिया कपको ढोका खोल्ने दिन
यो खेल जित्दा नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाउनेछ । एसिया कपमा यो प्रतियोगिता जित्ने टिमले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने पाउनेछ । 

यसकारण नेपाल निकै नै उत्साही रहेको छ । यूएईले भने यसअघि दुई पटक एसिया कप खेलिसकेको छ । त्यसकारण पनि नेपालले एसिया कपमा डेब्यु गर्नका लागि यो खेलमा नतिजा ल्याउनु पर्ने हुन्छ । 

नेपाललाई एसिया कप खेल्नका लागि आजको दिन जत्तिको महत्वपूर्ण र सहज केही पनि हुने छैन । 

यस्तो छ यूएईको इनिङ्स– 
यूएईले ३.१ ओभरमा १७ रन बनाउँदा पहिलो विकेट गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए । 

यूएईले ४.५ ओभरमा २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए । 

यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

यूएईले २२.५ ओभरमा ९० रन जोड्दा छैटौं विकेट गुमाएको छ । बसिल हमिद १० रन बनाएर आउट भएका छन् । उनलाई गुल्सन झाले आउट गरे ।  

यूएईले २५.४ ओभरमा १०३ रन जोड्दा सातौं विकेट गुमाएको छ । आयान अफ्जल खान ५ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 

यूएईले २७.२ ओभरमा १०६ रन जोड्दा आठौं विकेट गुमाएको छ । आसिफ खान सर्वाधिक ४६ रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिएका हुन् । 

यूएईले २७.३ ओभरमा १०६ रन जोड्दा नवौं विकेट गुमायो । जहुर खान डकआउट भएका छन् । ललित राजवंशीले विकेट लिए । 

यूएईले ३३.१ ओभरमा ११७ रन जोड्दा दशौं विकेट गुमायो । जुनैद सिद्धिकी १० रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ