arrow

नेपालगञ्ज नाका २४ घण्टा बन्द हुँदै 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख १९ मंगलबार
nepalganj-border.jpg

नेपालगञ्ज । भारतीय सीमावर्ती दुई जिल्लामा हुन थालेको स्थानीय निर्वाचनका कारण बाँकेको नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने भएको छ ।
 
उत्तर प्रदेशको श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेको नगर निकाय निर्वाचनका कारण बैशाख १९ गते साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपालगञ्ज नाका शील हुने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए । 

केसीका अनुसार हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव बाहान बाहेक अन्य आवतजावत बन्द गरिएको छ ।

चुनावको बेलामा आपराधिक गतिविधि हुन सक्ने भन्दै सीमावर्ती जिल्लाका अधिकारीले नेपाल र भारतमा चुनाव हुँदा नाका बन्द गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ