arrow

झोपडपट्टीमा आगलागी, चारको मृत्यु, सात घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
fire-final_1618024271.jpeg

मुजफ्फरपुर । भारतको विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका प्रमुख सुधांशु शेखरले बताएका छन् । पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन् । 

आगलागीको खबर प्राप्त हुने बित्तिकै अग्नि नियन्त्रण विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए । घाइतेहरूको श्रीकृष्ण चिकित्सा अध्ययन प्रतिष्ठानमा उपचार भइरहेको छ । 

आगलागीको वास्तविक कारण नखुलेको बताउँदै सुरक्षा अधिकारीहरूले त्यस सम्बन्धमा अनुसन्धान थालिएको जनाएका छन् । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ