arrow

लागूऔषधसहित गोरखाका मिलन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
Milan gurung.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ८ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ८ बस्दै आएका २५ वर्षका मिलन गुरुङ रहेका छन् । 

आइतबार दिउसो करिब ४ः३० बजे जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । 

गुरुङको डेराबाट लागूऔषध डाइजापाम ९० एम्पुल, फेनेरागन ९० एम्पुल र नुर्फिन ९० एम्पुल गरि कुल २७० एम्पुल बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । 

उनी विरुद्ध लागूऔषध मद्धामा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ