- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रलाई चलायमान बनाउन पाल्पाको तानसेन टुँडिखेलमा पाल्पा महोत्सव जारी रहेको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १३औं संस्करणका रुपमा शुरु भएको महोत्सवमा पाल्पा र छिमेकी जिल्लाका उत्पादनका साथै राष्ट्रिय, बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री कक्ष राखिएको छ ।
महोत्सवको उद्घाटनको दिन तानसेन बजार क्षेत्रमा विभिन्न भेषभूषामा सजिएकाहरु सांस्कृतिक झाँकी र्याली प्रस्तुत गर्दै बजार परिक्रामा गर्दै महोत्सवको प्रचार गरिएको थिए । बैशाख १४ गतेबाट शुरु भएको महोत्सव २४ गतेसम्म चल्नेछ ।