arrow

घरमा ट्रक ठोकिँदा तीन जनाको मृत्यु, पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
truck-accident-tanahu.jpg

तनहुँ । तनहुँमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

आज बिहान बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा रहेको पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भइ सडकको छेउँमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोकिएको थियो । 

दुर्घटनामा आठ जना घाइते भएका र सबैलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा तीन जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बन्दीपुर गाउँपालिका–१ बस्ने आयुस भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेलको ज्यान गएको हो  । 

पाँच जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीलको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ