arrow

३२३ गैँडा मरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
rhino-chitwan.JPG

चितवन । चितवन राष्ट्रिय  निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५-६६ देखि आव २०७९-८० सम्म ३२३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । 

बिगत आठ वर्षमा मात्रै निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२-७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् ।  

तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैँडा मरेका छन् । यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उनले जानकारी दिए ।

तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२-७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५-७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम  आव २०७२-७३ मा १४ गैँडा मरेको तिवारीले बताए । 

तिवारीका अनुसार आव २०७३-७४ मा २५, आव २०७४-७५ मा २६, आव २०७६-७७ मा २६, आव २०७७-७८ मा ३३ र आव २०७८-७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको उनले जानकारी दिए ।

गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ