arrow

भुटानी शरणार्थी मुद्धाका दोषीहरुले उन्मुक्ति पाउन हुँदैन – विष्णु रिमाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
bishnu-rimal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी मुद्धाका दोषीहरुले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि कीर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भइरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो । 

‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै कानूनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानूनको पालना सबैले गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ