arrow
ADVERTISEMENT

बालुवाटारमा बसेर विष्णु रिमालको धम्की, सीमामा बस्न रविन्द्र मिश्रलाई चेतावनी

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
bishnu-rimal-rabindra-mishr.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सीमामा बस्न विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई चेतावनी दिएका छन् । 

मिश्रले सामाजिक संजाल ट्वीटरमा पछिल्लो राजनीतिक विषय र गतिविधिप्रति टिप्पणी गर्दा रिमालले धम्कीयुक्त शैलीमा सीमामा बस्न मिश्रलाई ट्वीटरमार्फत नै सुझाव दिएका हुन् । 

मिश्रले शनिबार राति लेखेका थिए, ‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री–राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति भो !’

जवाफमा रिमालले लेखे, ‘सीमामा बस्नुस् रबीन्द्र जी ! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ( मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।’

संविधानको खिल्ली उडाएर संसद विघटन गर्ने ओली र ओलीलाई सुझाव दिने रिमाललाई भोलि समयले के हिसाब माग्ने हो त्यो त परैको कुरा । तर प्रधानमन्त्रीजस्तो गरिमामय पदको गरिमामय मुख्य सल्लाहकारको भूमिकामा बसेका रिमालको टिप्पणीले भने उनको हैसियत छर्लङ्ग बनाइदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ