arrow

मन्त्रिपरिषद्को निर्णय

ओलीले रिमाल र खतिवडालाई बनाए सल्लाहकार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
rimal-khatiwada.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णुप्रसाद रिमाल र डा. युवराज खतिवडालाई आफ्नो सल्लाहकारमा नियुक्त गरेका छन् । प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल भएका हुन् भने प्रधानमन्त्रीको विकास सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. खतिवडालाई नियुक्त भएका हुन् । 

एमालेका उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ‌ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार थिए । रिमाल ओलीको प्रमुख रोजाइमा पर्ने गरेका छन् । यता खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । खतिवडा ओलीको प्रमुख रोजाइमा पर्ने अर्का पात्र हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले प्रधानमन्त्रीको सल्लाहकारमा रिमाल र खतिवडा नियुक्त नियुक्त गरेको बताए । 

साथै सरकारले मन्त्रीपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको छ । जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तोकेको छ । 

उनले सरकारले नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गरेको पनि बताए । 

यी हुन् मन्त्रिपरिषद्को निर्णय
सम्माननीय प्रधानमन्त्रीज्यूको मुख्य राजनीतिक सल्लाहकारमा श्री विष्णुप्रसाद रिमाललाई नियुक्त गर्ने । 

प्रधानमन्त्रीकै विकास सल्लाहकारको रूपमा यसअघिका पूर्व अर्थमन्त्री, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व गभर्नर डा. युवराज खतिवडालाई नियुक्त गर्ने ।

मन्त्रीपरिषद्का समितिहरू , राजनीतिक समिति, प्रशासन समिति र आर्थिक पूर्वाधार समिति, विधेयक समिति र सामाजिक समिति पाँच समिति गठन । 

राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी हुनुहुन्छ, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक । आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल। 

नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ