arrow

पूर्वीय धार्मिक र पर्यटकीय गन्तव्य पाथीभरा मन्दिर [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
pathibhara-mandir1 (1).jpg

ताप्लेजुङ ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । 

विश्‍वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाइमा अवस्थित छ । 

यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । 

ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ“ भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्‍तु“को अर्थ शक्ति वा बल, “वुङ“को अर्थ बोट भन्ने जनाउँदछ् । अर्थात् लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् । 

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँमा पुग्न सकिन्छ, जहाँबाट कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । तर यसपालि भने मौसम सफा नभएका कारण सो दृश्य अवलोकन गर्ने भने सकिएन । 
    
कसरी पुग्ने पाथीभरा मन्दिर
संघीय राजधानी काठमाडौंँको कोटेश्वरबाट र नयाँ बसपार्कबाट पनि ताप्लेजुङ जान सकिन्छ । माइक्रो बसमा करिव २४ घण्टाको यात्रा तय गरेपछि पुगिन्छ ताप्लेजुङ । ताप्लेजुङ पुगे लगत्तै त्यहाँबाट बोलेरोमा सुकेटार हुँदै १ घण्टा ३० मिनेटमा सानोफेदी पुग्न सकिन्छ । 

सडक स्तरोन्नतिकै अवस्थामा रहेका कारण केही जोखिम भने रहेको छ । सानोफेदीसम्म मात्र सडक पुगेकोले त्यहाँबाट भने करिब ५ किलोमिटर उकालोको यात्रा पछि मात्र पाथीभरा मन्दिर पुग्न सकिन्छ ।

बीचमा बास बस्नका लागि भने प्रयाप्त होटल तथा लजहरुको सुविधा रहेको छ ।

pathibhara-mandir1 (2).jpg
pathibhara-mandir1 (3).jpg
pathibhara-mandir1 (4).jpg
pathibhara-mandir1 (5).jpg
pathibhara-mandir1 (6).jpg
pathibhara-mandir1 (7).jpg
pathibhara-mandir1 (8).jpg
pathibhara-mandir1 (9).jpg
pathibhara-mandir1 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ