arrow

मुकुट पहिरिए बेलायती राजा चार्ल्सले

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
british-king-charles-III.jpg

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक भएको छ । लन्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहकाबीच उनको राज्याभिषेक भएको हो । 

राज्याभिषेक समारोहमा बोल्दै उनले आफू राज गर्न नभइ सेवाका लागि आएको बताएका छन् । कार्यक्रम वेष्टमिन्स्टर चर्चमा भएको हो । उनले बाइबल चुमेर राज्याभिषेकसहित विभिन्न चरणमा शपथसमेत लिए । 
 
महारानी म्यामिला, राजपरिवारका सदस्इहरुसहित करिब दुई हजार दुई सयको संख्यामा विशेष अतिथिहरु रहेका थिए । सो क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले बाइबलको पाठ पढेका छन् । 

पाहुनाहरुमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरु, विश्वभरका विभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी भएका हुन् । 

बेलायतमा ७० वर्षपछि राज्याभिषेक भएको हो । यसअघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा राजमुकुट सजाइएको थियो । दुई किलो भन्दा बढी गह्रौं मुकुट ३६० वर्ष पुुरानो हो । त्यतिबेलै तयार गरिएको सुन, हीरा, मोती जडिट उक्त मुकुट ६ जनाले पहिरिइसकेका छन् । 

महारानी क्यामेलालाई पनि मुकुट लगादिइएको छ । 


बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो । 

महारानी एलिजाबेथको निधन भएपछि उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् । सो समारोहमा सहभागी हुन नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद गएका छन् । 

तीन घण्टे कार्यक्रममा विभिन्न कला, संस्कृति र इतिहास झल्काउने प्रस्तुति भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ