arrow

नक्कली शरणार्थी प्रकरणमा महराले भने-  सरकारले छाड्नुहुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने अडान लिएका छन् ।  

उनले भने, “नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराधमा संलग्न कसैलाई पनि सरकारले छाड्नुहुँदैन, यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ ।” 

उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा सरकार अडिग रहेको बताए । 

इतिहासमै पहिलो पटक शैक्षिक सत्र शुरु हुनु पहिले नै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको पनि उनले बताए । 

राजनीतिक प्रसङ्ग जोड्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत रहेको पनि बताए । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ