- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोर पराजित भएको छ । शनिबार राति दिल्लीमा भएको खेलमा दिल्ली क्यापिटल्सले बेंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको बेंगलोरले ४ विकेटको क्षतिमा १८१ रन बनायो । विराट कोहलीले ४६ बलमा ५५ तथा महिपाल लोम्रोरले २९ बलमा अविजित रहँदै ५४ रन बनाए ।
पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्ने क्रममा कप्तान फाफ दु प्लेसिसले ३२ बलमा ४५ रन बनाए । मिचेल मार्सले २ विकेट लिए ।
जवाफमा दिल्लीले फिल साल्टको ८७ रनको मद्धतले १६.४ ओभरमै ३ विकेट गुमाएर सहज जित निकाल्यो ।
फिलले ४५ बलमा ६ छक्काको मद्धतले ८७ रन बनाएका हुन् । त्यस्तै राइलि मस्सोले २२ बलमा अविजित रहँदै ३५ रन बनाए । मिचेल मार्सले १७ बलमा २६ तथा कप्तान डेभिड वार्नरले १४ बलमा २२ रन बनाए ।
अंक तालिका
१० खेलबाट १४ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ ।
लखनउ सुपर जाइन्टसको १० खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
कोलकाता नाइट राइडर्स र लिल्ली क्यापिटल्सको ८ अंक छ । सनराइजर्स हैदराबाद ६ अंकबाट पुछारमा झरेको छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।