arrow

कांग्रेस नेता आचार्यले मन्त्रीको शपथ लिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
surendra-raj-acahrya-kapilvastu-2-congress-mp-2079-2022.jpg

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यले आज शपथ लिँदै छन् । 

आज साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आचार्यले मन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको स्वीकृतिमा प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई महिला मन्त्री नियुक्त गरेका हुन् । 

आचार्य कपिलवस्तु-२ बाट निर्वाचित प्रतिनिध सभा सदस्य हुन् ।

अघि सो मन्त्रालय थामेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ