arrow

एमाले केन्द्रीय कमिटीको बैठक काठमाडौंमै, टाढा भयो झापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
uml-cpn.jpg

काठमाडौं । झापामा तय भएको नेकपा एमालेले केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ । झापामा बस्ने भनी तामझाम भए पनि अन्तिम समयमा काठमाडौंमै गर्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

उनका अनुसार संसद बैठक आह्वान भएकाले नेताहरु झापा जाँदा तालमेल नमिल्ने देखेर काठमाडौंमै गर्ने निर्णय भएको हो । संसदको बर्खे अधिवेशन आजबाट शुरु हुँदैछ । बैठक यही मंसिर २८ देखि ३० सम्म काठमाडौंमै हुनेछ । 

यसअघि बैशाख २९ देखि ३१ सम्म झापामा गर्ने तय भएको थियो । 

रिजालले भने, ‘हामीले २९ देखि ३१ गतेसम्म झापामा गर्ने भनेका थियौँ । यही बीचमा संसद आह्वान भयो । संसदमा बिजनेशहरु दैनिकजसो बढिरहेछ । नेतारु यता केन्द्रीत हुनुपर्ने भयो । ५–७ दिन उता जाँदा यता प्रभावित होला भनेर हामीले २८ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गर्यौंँ ।’

बैठकमा चुनावी समीक्षासँगै पार्टीको पार्टीको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षासँगै आगामी रणनीतिबारे छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ