arrow

पहिलो विश्वयुद्धमा लडेका मित्रसेन समेटिएको उपन्यास लाहुरेको रेलिमाई बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
lahureko-relimai-noble.jpg

काठमाडौं । पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक भएको छ । प्राडा गोविन्दराज भट्टराई, कवि विमला तुम्खेवा, चलचित्र निर्देशक प्रकाश सायमी र समीक्षक राजकुमार बानियाँले मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास लाहुरेको रेलिमाई सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा बोल्दै प्राडा भट्टराईले पहिलो विश्वयुद्धमा आधारित उपन्यास नेपाली युद्ध साहित्यको मास्टर पिस भएको बताए । 

लाहुरेको रेलिमाई ऐतिहासिक उपन्यास भएको बताउँदै उपन्यासले सय वर्षपछि नेपाली समाज बल्ल जागृत भएको भान गराएको पनि उल्लेख गरे ।  

पूर्व गोर्खा सैनिककी छोरी कवि विमला तुम्खेवाले लेखकले लाहुरेको मनोदशा जीवन्त उतारेको बताइन् । आफ्नो बुबालाई संस्मरण गर्दै कवि तुम्खेवाले उपन्यासले बम र बारुदबीच पनि जीवन खोज्ने लाहुरेको प्रकृतिलाई लेखकले न्याय गरेको उल्लेख गरिन् ।  

चलचित्र निर्देशक प्रकाश सायमीले मास्टर मित्रसेनको संगीतको चर्चा गर्दै पुस्तकले मास्टर मित्रसेनको इतिहासलाई नेपाली पाठकमाझ पुर्याएर लेखकले गुन लगाएको बताए । 

भारत र नेपालमा राज्य र जनता दुवैले सम्मानित गरेका कलाकार मास्टर मित्रसेन भएको बताउँदै सायमीले उनको जीवनीमा आधारित उपन्यास उनको सांगीतिक विरासतलाई सुरक्षित गर्ने दस्तावेजका रुपमा आएको उल्लेख गरे ।  

दस्तावेजका रुपमा छापे पनि हुने कुरालाई आख्यानमा उतार्न लेखक विजय हितानले ७ वर्ष खोज अध्ययन र एक दशकभन्दा बढी मास्टर मित्रसेनको जीवनीमा रुचि लिएको बताए । 

पहिलो विश्वयुद्धबारे नेपाली साहित्यमा कमै लेखिएकाले र आफू पूर्व लाहुरे हुनुको नाताले पनि मास्टर मित्रसेनको जीवनी लेख्ने प्रेरणा मिलेको उनको भनाइ थियो । 


सांग्रिला बुक्सले प्रकाशित गरेको कृति लाहुरेको रेलिमाईले पहिलो विश्वयुद्धमा गोर्खा सैनिकको सिपाही बनेर लडेका मित्रसेन थापा सिँजाली मगरको मास्टर मित्रसेनसम्मको यात्रालाई लिपिबद्ध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ