arrow

प्रि–बजेट छलफल चलिरहँदा नेप्सेमा पहिरो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूँजीबजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । 

प्रतिनिधि सभाको बैठकमा प्रि–बजेटबारे छलफल चलिहरँदा नेप्सेमा भने निराशा छाएको छ । आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २१ दशमलव ४९ र निर्जीवन बीमा समूह एक सय छ दशमलव ९४ अङ्कले घटेको छ ।
 
बैंकिङ समूह छ दशमलव ५०, विकास बैंक १३ दशमलव ७१, वित्त १८ दशमलव ४१, होटल तथा पर्यटन ८४ दशमलव ५६ र जलविद्युत् समूह ४३ दशमलव ८० अङ्कले घटेको छ । त्यसैगरी लगानी समूह शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन ३० दशमलव ३०, लघुवित्त २६ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १२ दशमलव ३५ र अन्य समूह आठ दशमलव ७७ अङ्कले घटेको छ ।
 
बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू तीन करोड ७८ लाख २१ हजार बराबरको शेयर किनबेच भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख २० हजार आठ सय छ कित्ता शेयर खरिदबिक्री भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ