- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । इडेन गार्डेनमा सोमबार राति सम्पन्न खेलमा कोलकाताले बञ्जाब किंग्सलाई पराजित गरेको हो ।
प्लेअफ पुग्ने सम्भावना जीवितै राख्न जित्नैपर्ने खेलमा कोलकाता ५ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको पञ्जाबले ७ विकेटको क्षतिमा १७९ रन बनायो । ५३ रन जोड्दा ३ विकेट गुमाइसकेको पञ्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ५७ रन बनाए । वरुण चक्रवर्तीले ३ विकेट लिए ।
जवाफमा कोलकाताले अन्तिम बलमा ५ विकेटको जित हासिल गरेको हो । कप्तान नितिश रानाले ३८ बलमा ५१ रन बनाएको इनिङ्समा आन्द्रे रसेलले २३ बलमा ४२, जासन रोयले २४ बलमा ३८ तथा रिंक सिंहले १० बलमा अविजित रहँदै २१ रन बनाए ।
यो जितसँगै कोलकाताले प्लेअफ सम्भावना कायमै राखेको छ ।
अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ ।
लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर, पञ्जाब किंग्स र मुम्बई इन्डियन्सको समान १० अंक छ ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।