arrow

अमरेशले कपडा खोलेपछि हर्कले खोले मुख

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
amaresh-sing-parliament-harka.jpg

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको विरोध विषयमा मुख खोलेका छन् । 

हिजोको प्रतिनिधि सभा बैठकमा अमरेशले कपडा फुकालेर विरोध गरेका थिए ।  अमरेशले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् । 

यता मेयर साम्पाङले बोल्नको लागि समय माग्दा समय मिलाएर दिन परो भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,' सबै भन्दा ठूलो अन्याय त संसद भवन भित्र पो हुँदो र छ त । ऊ बोल्नको लागि समय माग्दा पनि शर्ट खोल्नु पर्ने ! समय मिलाएर दिन परो नत्र कुनै दिन कट्टु नै खोल्ने घटना देख्नुपर्छ भन्ने हामलाई लागि रहेको छ !' 

सभामुख देवराज घिमिरेले विशेष समयको व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए । सभामुखले बोल्न समय नदिएपछि उनले कपडा खोलेर आपत्ति जनाएका थिए । 

संसद्मा अमरेशले खोले कपडा [भिडियोसहित]

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी [पत्रसहित]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ