- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका पूर्व सांसद सूर्य पाठकले पार्टी सचिव एवं सांसद टोपबहादुर रायमाझीविरुद्ध फायर खोलेका छन् । उनले एक दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौं कार्यकर्ताले बोक्न नसक्ने पनि जनाएका छन् ।
‘फरारको अर्थ अपराध स्वीकार गरेको अर्थ हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘१–२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन्, सुशासनको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’
नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ पुर्जी जारी गरिएपछि एमाले सचिव रायमाझी फरार भएपछि उनको यो टिप्पणी आएको हो ।