arrow

धनकुटामा शहिद गोल्डकप फुटबल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
bhim-narayan-goldcup.JPG

धनकुटा । धनकुटामा आजबाट शहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ । टुँडिखेलमा दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गरिदैछ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

प्रतियोगिता उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल शुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए ।

उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच खेल हुदैछ । 

शहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् ।

भारतको सिलगुडीस्थित कञ्चनजंगा फुटवल क्लव, प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव, एपीएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड पनि प्रतियोगितामा सहभागि छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउँने आयोजकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ