प्रतिनिधि सभामा राप्रपाका सांसदहरूको नाराबाजी; बैठक स्थगित (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
527
Shares
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज ११ बजे शुरु भएको बैठकमा राप्रपाका सांसदले अवरोध गरेसँगै बैठक स्थगित भएको हो ।
बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि सदन अवरोध भएको हो । बैठक शुरु भएदेखि नै राप्रपाका सांसदले अवरोध गर्दै सभामुखको अघि पुगेर नाराबाजी गरेका थिए ।
सांसदहरूले 'कि हामीलाई बाहिर निकाल्नु पर्यो कि जनताको कुरा राख्न दिनुपर्यो भनेका थिए ।' साथै भ्रष्टाचारीलाई जेल हाल्न माग समेत गरेका छन् ।
बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । यसअघि बोल्ने समय नदिएको भन्दै सांसद अमरेश कुमार सिंहले कपडा फुकालेका थिए ।