- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सको विजोग भएको छ । आफ्नो ११ औँ खेलमा घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै दिल्लीको प्लेफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।
दिल्लीको अप्रत्याशित प्लेअफ सम्भावना केबल अन्य टिमको ऋणात्मक प्रदर्शनमै भर पर्छ । यो जितले चेन्नईको चमक भने बढेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १६७ रन बनायो । शिवम दुवेले १२ बलमा २५, ऋतुराज गायकवाडले १८ बलमा २४, अम्बाटी रायुडुले १७ बलमा २३, अजिन्क्या रहानेले २० बलमा २१, रविन्द्र जडेजाले १६ बलमा २१ तथा कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा २० रन बनाए ।
मिचेल मार्सले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।
जवाफमा दिल्लीले ८ विकेटको क्षतिमा १४० रनमात्र बनाउन सक्यो । रिली रस्वले ३५, मनिष पाण्डेले २७ तथा अक्षर पटेलले १२ बलमा २१ रन जोडे ।
मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए । १ विकेटसमेत लिएका रविन्द्र जडेजा प्लेयर अफ द म्याच भए ।
अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ ।
११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सको समान १० अंक छ ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।