arrow

खाँडलाई कांग्रेसले तत्काल कारबाही नगर्ने, बोलायो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
balkrishna-khand-final2.jpg

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई कांग्रेसले तत्काल कारबाही नगर्ने भएको छ । हिजो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तत्काल कुनै कारबाही नगर्ने निर्णय गरेको हो।

पार्टीले कारबाही गर्ने-नगर्ने भन्ने विषयमा प्रहरी अनुसन्धानको परिणाम आएपछि मात्रै निर्णय गर्ने भएको छ । यता नेकपा (एमाले) ले भने सचिव सचिव टोपबहादुर रायमाझीलाई बुधबार नै निलम्बन गरेको छ ।

अनुसन्धान सकिएपछि त्यसैका आधारमा निर्णय हुने अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । महतले अनुसन्धान निष्पक्ष ढङ्गबाट होस् भन्ने पार्टीको चाहना रहेको बताए।

उनले अनुसन्धानको परिणाम नआउँदासम्म नेता खाँड आरोपित मात्रै भएकाले कारबाहीबारे कुनै निर्णय नभएको बताए। उनका अनुसार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बिहीबार पुनः बोलाइएको छ।

उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । 



नयाँ