- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बोलाइएको हो ।
आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा पनि छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका खाँडको बारेमा छलफल हुने बुझिएको छ ।
हिजो बसेको बैठकमा खाँडका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।
यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताए ।