arrow

कांग्रेस बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
nepali-congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडको विषयमा छलफल गरिरहेको छ । 

हिजो पनि यो विषयमा गहन छलफल भएको थियो । तत्काल कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । यही विषयमा आज पनि छलफल भइरहेको छ । 

त्यसैगरी भुटानी नक्कली शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य आरजू राणा देउवा र खाँड पत्नी एवं सांसद मञ्जु खाँडको पनि नाम जोडिएको भन्दै यस विषयमासमेत छलफल भइरहेको छ । 

यो प्रकरणपछि सभापति शेरबहादुर देउवाको दौडधूप भने तीव्र देखिएको छ । 

एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेपछि कांग्रेस दबाबमा छ । 

सोही कारणा यो बैठकले नभइ केन्द्रीय सम्पादन समितिको बैठक डाकेर निर्णय आउन सक्नेसमेत जनाइएको छ । 



नयाँ