arrow

एमाले बैठक बिहानैदेखि, बाँकी प्रदेश कमिटीको प्रतिवेदन पेशपछि समूहमा छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
uml-central-committee-2080-01-28-30.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । बिहीबारदेखि शुरु भएको बैठक शनिबार सकिने छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेश गरेका थिए । 

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । ‘आज गण्डकीबाट पद्मा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन्, ‘उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने भएको छ । समूह छलफल पछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

उनका अनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेँल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ–आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 
यसैगरी, मिसन ग्रासरुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार सुदुरपश्चिमबाट लेखराज भट्ट, कर्णालीवाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका थिए ।

बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ–आफ्नो प्रतिवेदन पेश गर्नेछन् ।  

आजै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ