arrow

मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
twitter-files-elon-musk-black-list.jpg

काठमाडौं । विश्वका अर्बपति  एलन मस्कले ट्वीटरको सीईओ पदबाट राजीनामा दिने भएका छन् । मस्कले बिहीबार राति ट्वीट गर्दै यस्तो घोषणा गरेका छन् । 

योसँगै विवादमा परेका मस्कले ट्वीटरको सीईओ पद छोड्ने भएका हुन् । एलन मस्कले ट्वीटरको नयाँ सीईओ चयन गरेको समेत बताएका छन्।

उनले नयाँ सीईओको नाम भने खुलाएका छैनन् । तर  ट्विटबाट उनले माइक्रोब्लगिङ प्लेटफर्मको सीईओ पदका लागि महिला कर्मचारीलाई छनोट गरेको बताइएको छ । 

द वाल स्ट्रीट जर्नलका अनुसार मस्कले कमकास्ट एनबीसी युनिभर्सल कार्यकारी लिन्डा याकारिनोसँग सो पदका लागि कुराकानी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ