arrow

नौ वर्ष जेल जीवन बिताएका कांग्रेस नेता बस्नेत रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
purushottam-basnet-congress.jpg

काठमाडौं ।  नौ वर्ष जेल जीवन बिताएका नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ । तत्कालीन संविधान सभा सदस्यसमेत रहेका  बस्नेतको आज आफ्नै निवास सिफलमा निधन भएको हो ।  ७८ वर्षका बस्नेत लामो समयदेखि बिरामी रहेका थिए  । 

विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए। उनी अविवाहित थिए । 

विसं २०६२-६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल जननायक वीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । 

उनको पार्थिव शरिर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ