arrow

मुम्बई र गुजरातबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
ipl-t20-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटान्स भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजे वाङ्खेडे मैदानमा हुँदैछ । 

प्लेअफमा पुग्नका लागि मुम्बईलाई यो खेल जित्नैपर्ने दबाब छ । यो खेल जित्दा भने गुजरात क्वालिफायर्समै पुग्ने देखिन्छ । 

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने मुम्बईले तीन खेल जित्दा दुईमा हार बेहोरेको छ । अन्तिम खेल भने मुम्बईले हारेको थियो । 

तर गुजरातले पाँचमध्ये एक खेलमात्र हारेको छ । गुजरात निकै नै फर्ममा देखिएको छ । मुम्बईका लागि तिलक वर्मा टिममा फर्किँदा बलियो भएको छ । 

गुजरातले भने जोश लिटिलको अनुपस्थितिमा अल्जारी जोसेफबाट काम चलाउने छ । 

अंक तालिका 
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । 

१२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ । ११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ