arrow

आईपीएलमा दुई खेल, दुई टिम बाहिरिन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
ipl-t20-2023.jpeg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज दुई टिम प्लेअफ सम्भावनाबाट बाहिरिन सक्छन् । 

दिउँसो ३ः४५ बजे सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्टस खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ । 

यो खेल जित्दा हैदराबादको प्लेअफ सम्भावना जिवितै रहन्छ भने हार्दा प्लेअफ सम्भावनाबाट बाहिरिने पहिलो टिम बन्नेछ । 

यो खेल जित्दा पुनेको प्लेअफ सम्भावना बहिलयो हुनेछ । 

बेलुकीको खेल
बेलुकी ७ः४५ बजे दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स खेल्नेछन् । खेल दिल्लीमा हुँदैछ । यो खेल जित्दा दुवै टिमको प्लेफ सम्भावना कायमै रहने छ । यो खेल हार्दा दिल्ली भने बाहिरिने छ । 

अंक तालिका 
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । 

१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स चौथो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । 

रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ