arrow

बैजनाथपुर रंगशालाको नाम गिरिजाप्रसाद कोइराला रंगशाला – मन्त्री लिम्बू 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० वैशाख ३० शनिबार
digbahadur-limbu-morang.jpg

मोरङ । मोरङको बैजनाथपुर रंगशालाको संरचना निर्माण र संरक्षणका लागि केन्द्र सरकारले बजेटमा विशेष व्यवस्था गर्ने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा मन्त्री लिम्बूले आउँदो बजेटमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले पूर्वाधार, संरचना व्यवस्थापनमा जोड दिने बताएका हुन् ।

उनले बैजनाथपुर रंगशालाको नाम गिरिजाप्रसाद कोइराला रंगशाला राख्नुपर्ने बताए । ‘यसको नाम पनि बैजनाथपुर मात्र भनिँदै आएको छ। गिरिजाप्रसाद कोइरालाको समयमा साथीहरूको पहलमा खेल मैदानको व्यवस्थापन भएको हो। त्यसैले यसको नाममा गिरिजाप्रसाद कोइराला रंगशाला नामाकरण गर्दै क्रिकेट स्टेडियमका लागि बजेट ब्यवस्था गर्नेछौँ’, मन्त्री लिम्बूले भने ।

पछिल्लोसमय क्रिकेटले पाएको सफलतालाई ध्यानमा राख्दै संघीय सरकारले बैजानाथपुरस्थित मैदानमा अन्तर्राराष्ट्रिय क्रिकेट मैदान र भौतिक संरचना बनाउन संघले बजेट उपलब्ध गराउनेमा मन्त्री लिम्बूले जोड दिए ।

पत्रकारसँगको कुराकानीमा मन्त्री लिम्बूले युवा तथा खेलकुद मन्त्रालयभित्र कर्मचारी समायोजन व्यवस्थापनको विषयमा आफू गम्भीरसमेत रहेको बताए ।

‘मन्त्रालय र खेल क्षेत्रभित्र २८ वर्षसम्म कर्मचारीहरू एकै पदमा रहेर काम गरिरहेको अवस्था रहेछ। यो एउटा गम्भीर समस्या हो। यसले कर्मचारीलाई ठूलो अन्याय भएको अवस्था छ। यसको ऐन संशोधन गर्नुपर्ने हुन्छ। बजेट सेसनपछि हामी यसको व्यवस्थापनतर्फ लाग्नेछौँ’, उनले भने।

अर्को फरक प्रसंगमा मन्त्री लिम्बूले पहिचानको पक्षमा भइरहेको आन्दोलनलाई शान्तिपूर्वक बनाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ