- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबाद प्लेअफ पुग्ने सम्भावनाबाट लगभग बाहिरिएको छ ।
आफ्नो ११ औँ खेलमा शनिबार लखनउ सुपर जाइन्टससँग ७ विकेटले पराजित हुँदै हैदराबाद तीन खेलअघि नै प्लेअफ सम्भावनाबाट बाहिरिने लगभग पक्का जस्तै भएको छ ।
हैदराबादमा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेटको क्षतिमा १८२ रन बनायो । हेन्रिच क्लासनले २९ बलमा ४७ तथा अब्दुल समदले २५ बलमा अविजित रहँदै ३७ रन बनाएका थिए ।
कप्तान क्रुनाल पान्डेयाले २ विकेट लिए । जवाफमा लखनउले ४ बल खेल्न बाँकी छँदै ३ विकेट गुमाएर जित हासिल गर्यो । लखनउका लागि प्रेरक मनकादले ४५ बलमा अविजित रहँदै ६४ रन बनाए । त्यस्तै निकोलस पुरनले १३ बलमा अविजित रहँदै ४४ तथा मार्कस स्टोइनिसले २५ बलमा ४० रन बनाए ।
अहिलेको खेल
राति दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स खेलिरहेका छन् । खेल दिल्लीमा भइरहेको छ । दिल्लीले टस जितेर पहिले फिल्डिङ गरेको छ । यो खेल जित्दा दुवै टिमको प्लेफ सम्भावना कायमै रहने छ । यो खेल हार्दा दिल्ली भने बाहिरिने छ ।
अंक तालिका
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ ।
१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३ अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ । १२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा झरेको छ ।
रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।