- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स प्लेअफ पुग्ने सम्भावनाबाट बाहिरिने पहिलो टिम बनेको छ ।
शनिबार रातिको आफ्नो १२ औँ खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदै दिल्ली जारी सिजनमा प्लेअफ पुग्ने सम्भावनाबाट बाहिरिने पहिलो टिम बनेको हो ।
दिल्लीमै भएको खेलमा दिल्ली ३१ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ७ विकेटको क्षतिमा १६७ रन बनायो । ओपनर प्रबसिम्रन सिंहले ६५ बलमा १०३ रन बनाए । तर उनलाई साथ दिने कोही भएनन् । साम कुरानले २० तथा सिकन्दर राजाले अविजित ११ रन बनाए बाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गरेनन् ।
इशान्त शर्माले सर्वाधिक २ विकेट लिए ।
जवाफमा दिल्लीले ८ विकेटको क्षतिमा १३६ रनमात्र बनाउन सक्यो । कप्तान डेभिड वार्नरले २७ बलमा ५४ रन बनाए बाहेक कुनै पनि ब्याटरले उल्लेखनीय रन जोडेनन् । हरप्रित ब्रारले ४ तथा नाथन एलिस र राहुल चहरले २–२ विकेट लिए ।
अंक तालिका
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ ।
१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३ अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ । १२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स छैटौँ स्थानमा छ ।
रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।