arrow

आईपीएलमा आज दुई खेल, बेंगलोर र कोलकाता गर या मरको अवस्थामा  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
ipl-t20-2023.jpeg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ । यो खेल जयपुरमा हुँदैछ । 

यो खेलमा जित हासिल गर्दा बेंगलोरले प्लेअफको सम्भावना जीवित राख्नेछ भने पराजित हुँदा मुस्किलमा पर्नेछ । त्यसैले यो खेल गर या मरको अवस्थामा रहेको छ । 

दोस्रो खेलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । यो खेल बेलुकी ७ः४५ बजे चेन्नईमा शुरु हुँदैछ । 

यो खेल जित्दा चेन्नई प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ भने हार्दा कोलकाता प्लेअफ सम्भावनाबाट बाहिरिने छ । 

अंक तालिका 
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । 

१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३  अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ । १२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स छैटौँ स्थानमा छ । 

रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ