arrow

बंगलादेशी प्रधानमन्त्री हसिनासँग परराष्ट्रमन्त्री साउदले गरे छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
sheikh-hasina-np-saud.jpg

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उनीहरुबीच आज भेटवार्ता भएको हो । 

भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ ।

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए । ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस। जयशङ्करसँग भेटवार्ता गरेका थिए । जयशङ्करसँगको भेटघाटमा समग्र दुई पक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताए । 

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो । 

परराष्ट्रमन्त्री साउद बेलुकी स्वदेश फर्कँदै छन् । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनी बङगलादेश गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ