arrow

रोमाञ्चक बन्दै आईपीएलको अन्तिम चरण, चेन्नईमाथि कोलकाता भारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
ipl-chennai-kolkata.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत लिग चरण अन्तिमतिर आइपुग्दा थप रोमाञ्चक थपिँदै गएको छ । 

१० मध्ये चार टिम प्लेअफमा पुग्दा छ टिम बाहिरिँदै छन् । तर प्रतिस्पर्धा रोमाञ्चक हुँदै जाँदा अहिलेसम्म दिल्ली क्यापिटल्समात्र बाहिरिएको छ । 

त्यसबाहेक कुनै पनि टिमले न त प्लेअफ निश्चित गरेको छ न त कुनैले आशा छाडेको छ । 

गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई हराएपछि थप रोमाञ्चक भएको छ । 

यो खेल जित्दा चेन्नई प्लेअफमा पुग्थ्यो भने कोलकाता बाहिरिने थियो । चेन्नईमा भएको खेलमा कोलकाता ६ विकेटले विजयी भयो । 

पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १४४ रन बनायो । शिवम दुवेले ३४ बलमा अविजित रहँदै ४८ तथा देवन कन्वेले ३० रन बनाए । वरुण चक्रवर्ती र सुनिल नाराइनले २–२ विकेट लिए । 

जवाफमा कोलकाताले ४ विकेटको क्षतिमा १८.३ ओभरमै जित हासिल गर्यो । ३३ रन जोड्दा ३ विकेट गुमाएर हारको खतरामा रहे पनि कप्तान नितिश राना र रिंकु सिंहबीच चौथो विकेटका लागि ९९ रनको साझेदारी भएसँगै टिमले जित्यो । 

रानाले ४४ बलमा अविजित रहँदै ५७ तथा सिंहले ४३ बलमा ५४ रन बनाए । 

अंक तालिका 
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३  अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ । 

१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ । 

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ