arrow

आईपीएलमा आज जित्दा गुजरात क्वालिफायरमा, हार्दा हैदराबाद बाहिरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
ipl-t20-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज एउटामात्र खेल हुँदैछ । लिग लिडर गुजरात टाइटान्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । 

खेल अहमदाबादमा बेलुकी ७ः४५ बजे शुरु हुनेछ । यो खेल जित्दा गुजरात क्वालिफायरमा पुग्ने पहिलो टिम हुनेछ । हार्दा क्वालिफायरमा पुग्न अन्तिम खेल कुर्नुपर्नेछ । 

त्यस्तै लगभग प्लेअफ समीकरणमा बाहिरिइसकेको हैदराबाद यो खेल हार्दा औपचारिक रुपमै बाहिरिने छ । जित्दा भने प्लेअफ सम्भावनाको झिनो आशा फेरि जाग्नेछ । 

१० मध्ये चार टिम प्लेअफमा पुग्दा छ टिम बाहिरिँदै छन् । तर प्रतिस्पर्धा रोमाञ्चक हुँदै गएको छ । अहिलेसम्म दिल्ली क्यापिटल्समात्र बाहिरिएको छ । 

त्यसबाहेक कुनै पनि टिमले न त प्लेअफ निश्चित गरेको छ न त कुनैले आशा छाडेको छ । 

अंक तालिका 
१२ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३  अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ । 

१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ । 

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ