arrow

चार खेलअघि नै ला लिगाको उपाधि बार्सिलोनालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
barcelona-winner-2023.jpg

काठमाडौं । बार्सिलोनाले स्पेनिश ला लिगा फुटबलको उपाधि जितेको छ । आइतबार राति घरेलु टोली स्पानियोलमाथि ४–२ को सहज जित निकाल्दै बार्सा च्याम्पियन भएको हो । 

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई तथा एलेजान्ड्रो ब्लेड र ज्युल्स कोन्डेले समान १–१ गोल गरेका थिए । स्पानियोलका जाभियर पुवाडो र जोसेलुले समान १–१ गोल गरेका थिए । 

यो जितसँगै बार्सिलोनाले २७ औं पटक ला लिगा उपाधि जितेको छ । बार्सिलोनाले सन् २०१८–१९ सिजन पछि ला लिगाको उपाधि जितेको यो पहिलो पटक हो ।

जाभि हर्नान्डेज टोलीको मुख्य प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो ।

लिग भने अझै सकिएको छैन । बार्साले चार खेलअघि नै उपाधि जितेको हो । 

अंक तालिका 
३४ औँ चरणको खेल सकिँदासम्म बार्साको ८५ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको ७१ अंक छ । बाँकी सबै खेल बार्साले हार्दा सबै खेल रियालले जिते पनि भेट्न नसक्ने भएपछि बार्साले उपाधि पक्का गरेको हो । 

तेस्रो स्थानको एथलेटिको मड्रिडको ६९ अंक छ । चौथो स्थानको रियाल सोसिडाडको ६२ अंक छ । 

पाँचौंमा भिल्लारियल, छैटौंमा रियाल बेटिस र सातौंमा गिरोना रहेको छ । इल्चे रेलिगेशनमा परिसकेको छ भने गेटाफे र स्पानियोल रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ