arrow

शरणार्थी प्रकरणका बारेमा सरकारले सदनलाई जानकारी नदिएकोमा एमालेको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
CPN-UML-Flag.jpeg

काठमाडौँ। नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा सदनलाई जानकारी नगराएकोमा आपत्ति जनाएका छन्। सो प्रकरणमा मुछिएकालाई पक्राउ गरे पछि अनुसन्धान के कस्तो अवस्थामा पुगेको छ ? भन्ने बारेमा यसअघि सांसदले गरेको रुलिङ पनि सरकारले नमानेको भन्दै आपत्ति जनाएका हुन।

‘नक्कली शरणार्थी प्रकरणमा सांसदले यसअघि नै सांसदलाई जानकारी गराउनका लागि रुलिङ गरेको थियो तर आजको कार्यसूची हेर्दा सो प्रकरणमा भएका काम कारबाहीका बारेमा सांसदलाई जानकारी गराउने कार्य सुचीमा देखिएन, यस्तो जघन्य अपराधका बारेमा किन जानकारी दिइएको छैन,’ ठाकुरले भने, ‘सरकारले यसबारेमा सदनलाई जानकारी दिनुपर्छ अनि मात्र सदनको कारबाही सहज रूपमा अघि बढ्छ,’ उनले भने ।

उनका अनुसार सो बारेमा सरकारलाई पुनः ध्यानाकर्षण गराउनका लागि सभामुखले चासो दिनु पर्ने भन्दै सदनको रुलिङ अनुसार संसद्मा जानकारी दिनु पर्ने उनको भनाई छ।



नयाँ