arrow

रेलवे, पेट्रोल खानी र पहिचानवादीको आन्दोलनबारे डा. शर्माले गराए सरकारको ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
dr-sunil-sharma-parliament-2080-02-01.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले तीन विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले इनरुवाबाट काँकडभिट्टासम्मको रेलवे, मोरङको बेलबारीमा पेट्रोल खानी र कोशी प्रदेशमा पहिचानवादीको आन्दोलनलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । 

उनले भने, ‘२०६८ साल असार १ गते मन्त्रिपरिषद्ले निर्णय गर्यो कि यो इनरुवाबाट काँकडभिट्टासम्मको रेलवेलाई बनाउने भनेर । तर हालसम्म पनि जग्गाहरु चाहिँ त्यहाँ होल्ड गरियो । तर मुआब्जा पनि दिइएको छैन । र मान्छेहरुको अहिले विजोग छ । न जग्गा बेच्न पाइन्छ न जग्गाको मुआब्जा पाइएको छ । यसमा सरकारले तदारुकताका साथ तत्काल कि चाहिँ जग्गा फुकुवा गरिदिनु पर्यो कि चाहिँ मुआब्जा दिने ब्यवस्था गरिदिनु पर्यो ।’

दोस्रो विषयबारे ध्यानाकर्षण गराउँदै डा. शर्माले भने, ‘धेरै वर्ष अगाडिदेखि मोरङको बेलबारी ८ राधाननगरमा मा पेट्रोल खानी घेराबारा गरेर राखिएको छ  खानी छ भने उत्खननको प्रक्रिया शुरु गर्नुपरो छैन भने सरकारले छैन भनेर डिक्लियर (घोषणा) गरिदिनु पर्यो ।’ 

त्यसैगरी सांसद शर्माले भने, ‘तेस्रो कुरा चाहिँ अहिले पहिचानवादी साथीहरुले १ नम्बर प्रदेशमा आन्दोलन जारी राख्नु भएको छ । उहाँहरुको मागलाई सम्बोधन गर्नको निम्ति तत्काल राज्यले वार्ताको वातावरण तयार गर्न परो । मान्छेमाथि बुट र गोली प्रहार हैन डेमोक्रेटिक सिस्टममा उठेका आवाजहरुलाई यथासिघ्र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न परो ।’ 
 



नयाँ