- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा गुजरात टाइटान्स शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । सोमबार राति भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई पराजित गर्यो ।
अहमदाबादमा भएको खेलमा गुजरात ३४ रनले विजयी हुँदै प्लेअफसँगै क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको हो ।
पराजित भएको हैदराबाद भने प्लेअफ सम्भावनाको होडबाटै बाहिरिएको छ । अहिलेसम्म हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् ।
अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् ।
गुजरात–हैदराबाद इनिङ्स
खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनायो । शुबमन गिलले ५८ बलमा १०१ रन बनाए । साइ सुदर्शनले ४७ रन बनाए । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
भुवनेश्वर कुमारले ३० रन खर्चेर ५ विकेट लिए । जारी सिजनमा ५ विकेट लिने भुवनेश्वर एकमात्र खेलाडी हुन् । जवाफमा हैदराबादले ९ विकेटको क्षतिमा १५४ रन बनाउन सक्यो ।
५९ रन जोड्दा ७ विकेट गुमाइसकेको हैदराबादका लागि हेन्रिच क्लासेनले ४४ बलमा ६४ तथा भुवनेश्वरले २६ बलमा २७ रन बनाए ।
मोहम्मद शमी र मोहित शर्माले ४–४ विकेट लिए ।
अंक तालिका
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।
१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३ अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ ।
१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ ।
१२ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।