- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टस्बीच प्रतिस्पर्धा हुँदैछ । खेल लखनउमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुँदैछ ।
यो खेल जित्दा मुम्बई प्लेअफका लागि लगभग पक्का हुनेछ । हारले भने मुम्बईले अर्को खेलको नजिता कुर्नुपर्ने हुन्छ ।
त्यस्तै लखनउले जित्दा प्लेअफ सम्भावना बलियो हुनेछ भने हार्दा कमजोर हुनेछ । अन्य खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ । दुवै टिमले अब मात्र दुई खेल खेल्न बाँकी छ ।
अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ । गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ । सोमबार राति भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई पराजित गर्यो ।
अहिलेसम्म हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । १० वटामध्ये अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् ।
अंक तालिका
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।
१२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १२ खेलबाट १३ अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा छ ।
१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ ।
१२ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।