arrow

छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
6th-chamber-expo.jpg

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारबाट शुरु हुने भएको छ । जेठ ४ गतेदेखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ । 

छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिइने अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन,  उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । 

उनले भने, ‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत ज्यादै प्रभावकारी हुनेछ ।’

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यान्हका सामग्रीहरु, जटिबुटीजन्य बस्तुहरु प्रदर्शनी गरिने चेम्बरले जनाएको छ । 

यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरुसमेत प्रदर्शनीमा राखिने छ । मेलाको करिब डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए । 

मेलामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीहरुको स्टल रहनेछ । 

मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ