- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले देशैभर अलग्गै भेला गर्ने भएको छ ।
संस्थापन पक्षको गतिविधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभर अलग्ग भेला गर्ने भएका हुन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतका नेताहरुले सो अलग्गै अभियानको घोषणा गरेका हुन् । जसअनुसार जनकपुरबाट शुरु हुने प्रदेश स्तरीय बैठक र भेला इटहरीमा पुगेर सकिने छ ।
आज घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।
यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।
कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गरिन लागेको आयोजकहरुले जानकारी दिएका छन् ।