arrow

जित्नै पर्ने खेलमा पञ्जाबले दिल्लीसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
ipl-punjab-delhi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज पञ्जाब किंग्सले दिल्ली क्यापिटल्ससँग खेल्दैछ । खेल बेलुकी ७ः४५ बजे धर्मशालामा हुँदैछ । 

यो खेल प्लेअफमा पुग्ने आशा जीवितै राख्न पञ्जाबलाई जित्नैपर्ने दबाब छ भने दिल्लीले आफ्नो प्रतिष्ठाको खेल खेल्दैछ । 

१० टोलीमध्ये अहिलेसम्म एउटा टिममात्र प्लेअफमा पुगेको छ । तीन टिम छानिन बाँकी छ । गुजरात टाइटान्स भने शीर्ष स्थानमा रहँदै प्लेअफ हुँदै क्वालिफायरमा पुगेको छ । अहिलेसम्म हैदराबाद र दिल्ली क्यापिटल्स बाहिरिएका छन् । अब बाँकी सात टिममध्ये तीन टिम प्लेअफमा पुग्नेछन् । 

अंक तालिका 
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १३ खेलबाट १५ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।  

१३ खेलबाट १५  अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ । १२ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ । 

१२ खेलबाट १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर पाँचौं स्थानमा छ । १३ खेलबाट १२ अंकको राजस्थान रोयल्स छैटौं स्थानमा छ । १३ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ । १२ खेलबाट १२ अंककै पञ्जाब किंग्स आठौं स्थानमा छ । 

१२ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



नयाँ